पोखरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर घाइते

पाेखरा | भदौ ५, २०८१

पोखरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर घाइते

पोखरा:   पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर सारु घाइते भएका छन् । 


नगर बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँको देवघाट गाउँपालिका घर भएका भिम बहादुर सारु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


ट्राफिक कार्यालय कास्कीका अनुसार दुर्घटनास्थलमा सँगै दुईवटा बस भएकाले कुन बसले ठक्कर दिएको भन्ने खुल्न नसकेको जनाएको छ । थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 


मोटरसाइकल चालक सारुको कम्मर र खुट्टामा चोट लागेको छ । उनको सृजनाचोकस्थित मेट्रासिटी अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउँदै 

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्